काठमाडौं। नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

एकैदिनमा यतिधेरै कोरोना पुष्टि भएको यो पहिलो हो। यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

आज १६ जना डिस्चार्ज भएका छन्। जसमा ४ महिला १२ जना पुरुष रहेका छन्।

यो सँगै हालसम्म ८७७ जना डिस्चार्ज भएका छन्। त्यसमा ७८६ पुरुष र ९१ महिला डिस्चार्ज भएका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ ३० गते शुक्रवार ।