Deepak Rauniar, CEO, Hydroelectricity Investment & Development Company in TOUGH talk.
देश भित्र प्राकृतिक श्रोत धेरै भए, तर त्यसको उपयुक्त व्यवस्थापन हुन सकेन भने कालान्तरमा त्यहि नै समस्याको कारक बन्न पुगेका उदाहरण अब कसैका लागि नौलो होइन् । अफ्रिका देखि मध्यपूर्वका देशहरुमा रहेका सुन देखि तेलका अथाह श्रोतका भण्डारले त्यस क्षेत्रका कैयौं देशहरु आन्तरिक द्धन्द्ध र बाह्य हस्तक्षेपका शिकार भइरहेका अनेकौ दृष्टान्त हामीले देख्दै र सुन्दै आएका छौं ।
नेपालको अवस्था ठ्याक्कै त्यस्तै नभए पनि जलश्रोत विकासको ठुलो सम्भावना भए पनि यो विजुली उत्पादन र जनताको समृद्धिको साधन भन्दा खराव राजनीति र दाउपेच गर्ने माध्यम भएको छ । देश अत्यासलाग्दो उर्जा संकटमा फसेको धेरै वर्ष भइसक्यो । झण्डै आधा जनसख्यांले विजुलीको उज्यालो देख्नै पाएको छ्रैन भने विजुली बाल्न पाएकाहरुका लागि पनि यसमै भर परेर पुरै अध्यारो टर्दैन् । तैपनि बढ्दो दवाव र आम अपेक्षालाई टार्नै नसक्ने अवस्थाले सरकार र राजनीतिक दलहरुका निम्ती जलविद्युत विकासलाई सधै राजनीतिकरण गर्न सक्ने स्थिती अव छैन् । त्यसैले जलविद्युत विकासमा विस्तारै केही सुधारका सकारात्मक परिणामहरु प्नि देखिदै छन् । आज हामिले जलविद्युत विकासमा एउटा यस्तै सकारात्मक परिणाम देखाउन सक्ने गरि अघि बढिरहेको जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी दीपक रौनियारका कुरा सुन्छौं । विजुली बालेर उज्यालोमा बस्ने र उत्पादन बढाउने दिनहरु अझै कति पर या नजिक छन् दिपक रौनियारबाटै सुनौं ।
दीपक रौनियार, प्रमुख कार्यकारी अधिकृत, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड.