काठमाडौं। नेपाली समसामयिक आधुनिक संगीतका ख्यातिप्राप्त गायिका देविका बन्दनाका एक से एक सुपरहिट गीतहरु एउटै भिडियोमा मज्जाले हेर्न मिल्ने भएको छ। गायिका बन्दनावाट कोरोना कहरको कारण जारी लकडाउनमा ती एक से एक सुपरहिट १४ वटा गीतलाई एउटै भिडियोमा उनेर सार्वजनिक गर्ने कार्य भएको हो।

गायिका देविका बन्दनाको आधिकारिक युट्युब च्यानलवाट विश्वभर एकसाथ सार्वजनिक भएको १४ गीतका एक भिडियोमा एउटा परदेशी, यस्तै रहेछ यहाँको चलन देखि मलाई नेपाली माया चाहिन्छसम्मका सुपरहिट गीतहरु हेर्न पाइन्छ। नयाँ तथा पुराना सुपरहिट गीतहरुको एक भिडियोका रुपमा गायिका देविका बन्दनाले गृहनगर बुटवलमा बसेर तयार पारेकी हुन।

अडियो रेकर्डिङ बुटवलको म्युजिक हव (साजन श्रेष्ठ) र निहारिका फिल्मस (दीपक श्रेष्ठ)मा भएको हो। केही पुराना गीतहरुको भिडियो सम्पादन गरिएको छ। केही नयाँ भिडियोको छायाँकन तथा सम्पादन लगायतका संपूर्ण कार्यहरु बुटवलको निहारिका फिल्मसवाट सम्पन्न भएको गायिका बन्दनाले भिजन संसार डटकमलाई बताएकी छन्।

नयाँ कलाकारहरु मेनुका थापा र निहारिका श्रेष्ठले अभिनय गरेको नयाँ गीतको नयाँ भिडियोको छायाँकन र सम्पादन योगेश शाक्यले गरेका छन्। कोरियोग्राफी र सम्पूर्ण म्यानेजमेन्ट दीपक श्रेष्ठको रहेको छ। यो सम्पूर्ण प्रोजेक्टको कन्सेप्ट गायिका बन्दना आफैले गरेकी हुन।

प्रकाशन मिति–२०७७ साल जेठ २० गते मंगलवार ।