काठमाडौं। कोरोना कहरमा बेलायतको इलिङ अस्पतालमा आइसीयू वार्डमा कार्यरत नेपाली नर्स प्रसुना कँडेलले खतरा मोलेर गरेको सेवालाई दिल खोलेर तारिफ गर्नेहरुको कुनै कमी छैन्।

यिनै नेपाली नर्स प्रसुना कँडेल फुर्सदका समयमा कलाकारितामा असाध्यै रुचि राख्ने गर्छिन्। बेलायतमा हुने विभिन्न फिल्मी तथा रंगमञ्चिय कार्यक्रममा पनि समयले भ्याएसम्म सहभागिता जनाउने नर्स कँडेलले बेलायतमा अत्यन्त लोकप्रियता पाउन सफल नाटक जीगिषामा प्रमुख भूमिकामा अभिनय गरेकी छन्।

बेलायतमा नै रहेका अग्रज रंगकर्मी सनमकुमार बैरागव्दारा निर्देशित नाटक जीगिषा नर्स प्रसुना कँडेलको अभिनय करियरको टर्निङ प्वाइन्ट नै हो। उनी नेपाली नर्स प्रसुना कँडेलले हालै राज फोटोग्राफीको संयोजनमा साउने हरियाली महिनालाई लक्षित गरेर साउने फोटोसुट गरेकी छन्। जुन सुरम्य तथा सौम्य देखिएको छ।


प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।