काठमाडौं। कोरोना कहरका कारण नेपालमा जारी लकडाउनले गर्दा सवैलाई अत्यन्त समस्या भएको छ। अझ अपाङ्गता भएका व्यक्ति विशेष, गर्भवती तथा एकल महिला अनि मिर्गौला पिडितहरुलाई धेरै समस्या परेको छ। यस समस्यालाई मध्यनजर गरेर राहत वितरण गर्ने कार्य भएको छ।

नुवाकोटका समाजसेवी तथा राजनीतिज्ञ स्वर्गवासी गणेश पण्डितकी पत्नी सावित्री पण्डित एवम् परिवारजनले राहत दिने कार्य भएको हो। काठमाडौंको टिलिङटारमा आयोजित कार्यक्रममा मिर्गौला पिडित, एकल महिला, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्ति विशेष ७५ परिवारलाई राहत प्रदान गर्ने कार्य भएको जानकारी सावित्री पण्डितका छोरा दिनेश पण्डितले भिजन संसार डटकमलाई बताएका छन्।

एक मानवले अर्को मानवलाई विपदको विषम परिस्थितिमा सहयोग गर्नुपर्दछ भन्ने भावना अनुरुप आफूहरुले उक्त सहयोग गरेको दिनेश पण्डितको भनाई रहेको छ। स्थानीय टिलिङटार प्रहरी चौकीको रोहवर तथा अपाङ मैत्री नेपालका अध्यक्ष काजिलाल श्रेष्ठको अगुवाईमा उक्त राहत वितरण कार्य भएको हो।

राहत पाउने वास्तविक पिडितहरुले आँखाभरि आँसु पारेर विपदको बेला यसप्रकारको सहयोगवाट आफूहरुको निभेको चुल्हो बाल्न धेरै सहयोग मिलेको वताउंदै सहयोग दाता पण्डित परिवारप्रति आभार प्रकट गरेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १७ गते शनिवार ।