इजरायल । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा साटासाट गर्ने कार्य भएको छ। इजरायलको तेलअभिभ स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र इजरायलका डाक्टरहरु वीच उक्त अनुभवको साटासाट भएको हो।

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहल तथा संयोजनवाट नेपाली र इजरायली डाक्टरहरु बीच आयोजित अन्तर्क्रियात्मक कार्यक्रमका क्रममा इजरायल र नेपालका सम्बन्धित अधिकारीहरु र चिकित्सकहरु सम्मिलित Nepal-Israel Corona Initiative (NICI) गठन गर्ने सम्बन्धमा छलफल भएको थियो। यस बिचमा सम्बन्धित निकाय र व्यक्तिहरुसँग भएको इजरायल स्थित नेपाली राजदूतावासको निरन्तर पहल र सम्पर्क एवं समन्वय पश्चात् कोरानाको महामारीबाट पार्ने प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापन गर्नका लागि देहायबमोजिमको Nepal-Israel Corona Initiative (NICI) गठन गरिएको इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले बताएकी छन्।

उक्त कमिटीमा दुवै देशका विशेषज्ञ डाक्टरहरु तथा विज्ञहरुको आ–आफ्नै समिति बनाएको छ र ती समितिहरु बीच एक आपसमा सम्पर्क गरी नेपालको कोरोना उपचार एवं आइसोलेसन व्यवस्थापनमा सहयोग गर्ने तथा दुई देश वीच आ आफ्नो अनुभबहरु साटासाट गर्ने जानकारी दूतावासले जनाएको छ।

उक्त समितिमा नेपाली पक्षवाट डा.दिपेन्द्र रमण सिंह, महानिर्देशक, स्वास्थ्य सेवा विभाग, डा.भगवान कोइराला, अध्यक्ष, नेपाल मेडिकल काउन्सिल, डा. तारानाथ पोखरेल, निर्देशक, उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग, रोशनी लक्ष्मी तुइतुइ, निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभाग, डा.रुना झा, निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, डा.गुणनिधि शर्मा, स्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डा.अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भीम प्रसाद सापकोटा, वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डा.शैलेन्द्र श्रेष्ठ, नेपाल सशस्त्र प्रहरी अस्पताल, डा.अरुण न्यौपाने, नेपाल आर्मी अस्पताल,डा.सुशील रावल, नेपाल आर्मी अस्पताल, डा.आशिष दत्त, नेपाल प्रहरी अस्पताल, डा.आशिष श्रेष्ठ, पाटन अस्पताल, डा.सन्त कुमार दास, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज र डा.विराज कर्माचार्य, काठमाडौं विश्वविद्यालय, नेपाली पक्षको संयोजक रहेका छन्।

इजरायलको तर्फबाट 1) Prof. Eli Schwartz, Center of Geographical and Tropical Medicine 2) Prof. Mick Alkan, Specialist, Internal Medicine and Infectious Diseases 3) Prof. Nadav Davidowitz, Epidemiology and Public Health 4) Dr. Asher Moser, Pediatrics and Blood Bank 5) Dr. Ada Gansach, Coordinator of Israeli side रहेका छन्।

यस्तै यस कार्यकालागि नेपाल स्थित इजरायली राजदूतावासका राजदूत पनि सहभागी हुनेछ । यस initiative बाट अधिकतम लाभ लिन ईमेल ठेगाना coronaisraelnepal@gmail.com सिर्जना गरी आपसी छलफल तथा अनुभव आदान(प्रदान भैरहेको छ। दुबै पक्षले एक अर्काको ज्ञान र अनुभवबाट सिक्ने वातावरण त बन्ने नै छ खासगरी ईजरायल कोरोना नियन्त्रणमा सफल देखिएको तथा नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको सन्दर्भमा ईजरायलको अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने देखिन्छ।

ईजरायली पक्षले नेपाली पक्षका कार्यस्थलमा खटिँदा आउने समस्यारजटिलताहरुको समाधानमा सघाउने जनाएकोले उपरोक्तानुसारको initiative नेपालको लागि फलदायी हुने विश्वास लिएको छ। महामहीम राजदूत डा.अन्जान शाक्य तथा दूतावासको कर्मचारीहरुको सक्रिय भूमिका कारण नेपाल र इजरायल बीच दौत्य सम्बन्ध झन प्रगाढ भईरहेको र इजरायलको प्रविधि, कृषि, स्वास्थ्य आदी विभिन्न क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भईसकेको र ती सम्झौताहरु यो कोरोनाको महामारी न्यून भएपछि कार्यान्वय हुने स्रोतले बताएको छ।
मिति–२०७७ साल जेठ २९ गते विहीवार ।