मुलुकको राजनीतिमा एकाएक बदलाब आएको छ । सितिमिति यो सरकार ढल्दैन् भनिरहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार अहिले संकटमा परेको छ । र नौ महिनाअघि बनेको यो सरकार परिवर्तन भएर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । स्थानीय चुनावसम्मका लागि दाहाल र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति दुई दलबीच भएको छ ।
सत्ता परिवर्तनको औचित्य र मार्गचित्र के हो ? यो परिवर्तनले ओलीको ठा“उमा दाहाल वा देउवालाई पु¥याउने मात्र हो ? की मुलुक र जनतालाई पनि लाभ हुन्छ ? संविधान कार्यान्वयन, मधेस समस्याको समाधान, भूकम्पपीडितलाई राहत दिने र देशको विकास गर्ने कुनै रोडम्याप नभएकै कारण यो सरकारको विकल्प खोजिएको हो की प्रधानमन्त्री बन्ने आफ्नो नीजि आकांक्षा पुरा गर्न ?
यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्नका लागि आज मैले नया“ सत्तासमिकरण बनाउन महत्वपुर्ण भूमिका खेल्ने मध्येका एक नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई आमन्त्रण गरेको छु ।