Jhalanath Khanal in TOUGH talk with Dil Bhusan Pathak
संविधान जारी भएपछिको नौ महिनाको अवधिमा मात्र हामीले दुईवटा प्रधानमन्त्री पाएका छौ र सायद अर्का एक वेटिंग लिष्टमा छन् ।
२०४६ सालको परिवर्तन यता मात्र २५ वटा सरकार बने । २००७ साल यताका कुनै पनि सरकारले एक कार्यकाल अर्थात (पाँच वर्ष) पुरै काम गर्न पाएनन् ।
आखिर के छ प्रधानमन्त्रीको कुर्सीमा त्यस्तो आकर्षण ? प्रधानमन्त्री हुन नेताहरुले किन गर्छन् होला मरिहत्ते । आफ्नै पार्टीको नेतालाई समेत गलहत्याएर आफै कुर्सीमा जाने होडवाजी किन चल्छ ? संयुक्त सरकार किन टिक्दैनन् ?
नेपालमा पछिल्ला वर्षहरुमा सहमति सबैभन्दा बढी अलापिएको शव्द हो । तर आफू सत्तामा पुग्नका लागि सहमति फगत एक नारा मात्र किन बन्छ ? के हो सहमति, सत्ता र शक्तिको बाँडफाँड ?