काठमाडौं। अढाई बर्षअगाडि सिनेमा हलमा रिलिज हुंदा खासै दर्शक पाउन नसकेको नेपाली चलचित्र झ्यानाकुटीले युट्युबमा रिलिज भएको लगतै दर्शकको अपार साथ पाएको छ। लकडाउनको ४० औ दिन अर्थात शनिवार युट्युबवाट सार्वजनिक भएको नेपाल चलचित्र झ्यानाकुटीले दर्शकको अपार साथ पाएको हो।

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित झ्यानाकुटी लकडाउनका कारण घरमा बसेका दर्शकलाई लक्षित गर्दै सार्वजनिक गरिएको निर्माण पक्षले बताएको छ। युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै चलचित्र युट्युब ट्रेन्डिङको शीर्ष चारमा आइसकेको छ।

सौगात मल्ल र बेनिशा हमालको काम उत्कृष्ट भएको दर्शक प्रतिकृया छ। अभिनेत्री निशा अधिकारीले निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार भएको यस चलचित्रमा सुमि मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ। प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई हरी हुमागाईंले खिचेका हुन्।

प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।