ढल्यो ढल्यो भन्दा भन्दै जोगिए पछि सरकारले अव, अघि बढ्न विस्वास जगाउने भन्दा पनि क कसले कसरी झण्डै सिध्याए भन्नेमा आफ्नो ध्यान लगाईरहेको छ । यहि मेसोमा दिल्लीस्थित राजदुत दिपकुमार उपाध्याय फिर्ता बोलाइए भने राष्ट्रपतिको आसन्न भारत भ्रमण नै स्थगित हुन पुग्यो । चोरी हुन नदिन घरमा बलियो ताला लगाउने भन्दा पनि चोरी भइसकेपछि छेउछाउ तिर दोस देखाउन बानी परिसकेको नेपाली राजनीतिमा फेरि यस्तै कथा दोहोरियो ।
हुन त यहां धेरै राजनीतिका खेलाडीहरु अस्थिरतामै आफ्नो भविश्य सुरक्षीत देख्छन् । के आफै सत्तामा बसेर आफै अस्थिरता सृजना गरि सरकार ढाल्न खोज्ने, अनि त्यसको कुनै जिम्मेवारी नलिई दोष अन्तै खोजेर सधै उम्किरहन मिल्छ ।
अझै सत्ताले आलटाल गरिरहेका राजनीतिक रुपमा मधेश केन्द्रित दलहरु संगको वार्ता, सुस्त पुर्ननिर्माण, चर्किरहेका द्धन्द्धकालिन घाउहरु र बढ्दो कुटनीतिक चिसोपन त छदैं छ । आफैमा अस्थिरता र बाह्य चुनौति जस्ताको तस्तै रहेको वेला सरकार अव कसरी अगाडी वढ्छ ? र अहिलेसम्म अवरुद्ध हुदै आएको राजनीतिको निकास के हुन सक्छ ?
यिनै विषयमा केन्द्रीत रहेर कुराकानी गर्न आज हामीले सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापालाई टफ टकमा निम्त्याएका छौ ।
source: TOUGH talk with Dil Bhusan Pathak