Kantipur Samachar | कान्तिपुर समाचार, १८ मंसिर २०७७

आजको मुख्य समाचार –

* नेकपाको विवादमा शितल निवास फेरि सक्रिय / ओली र दाहालले पालैपालो भेटे राष्ट्रपतिलाई ।

* कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको मितिमा नहुने / जेठ १५ मा सार्ने संस्थापन पक्षको तयारी ।

* पानी जहाजदेखि राष्ट्रिय परिचय पत्रसम्मका कार्यालय कामविहीन / अध्ययनबिनै लहडमा खोलिएका निकाय सरकारकै लागि सेतो हात्ती ।

* कोरोना बिमा रकम भुक्तानी गर्न अर्थ मन्त्रालयको दोस्रो निर्देशन / बिमा कम्पनीको अटेरीमा मौन बसेको नियामकसँग स्पष्टिकरण माग ।

* सन् २०३० मा एसियाली खेलकुद आयोजनाका लागि कतार र साउदी अरबको दौडधुप / आफ्नो पक्षमा मत दिन नेपाललाई कतारको आग्रह ।