आजको मुख्य समाचार :

* राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे दलहरुको आ-आफ्नै अडान / मुख्य दलबीचको विवादले नयाँ सरकार बनाउने प्रकृया लम्बिदै ।

* भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्यमा स्थानीयको अवरोध / कमिसनका भरमा आयोजनाले मुआब्जा वितरण गरेको आरोप ।

* आप्रवासी कामदार दिवस मनाइरहँदा विदेशीने नेपाली कामदारको अवस्था दयनीय / नेपाली कामदार धेरै रहेका मुलुकसँग समेत अझै श्रम सम्झौता हुन सकेन ।

* गुजरात र हिमाञ्चल प्रदेशमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीको स्पष्ट बहुमत / लगातार छैटौं पटक भाजपाले सरकारको नेतृत्व गर्ने ।

* एभरेष्ट प्रिमियर लिग इपिएलको उद्घाटन खेलमा ललितपुर प्याट्रोइट्स विजयी / काठमाडौं किङ्स ७ विकेटले पराजित ।