काठमाडौं। दशकौं दशकदेखि चुपचाप नेपालको भूमि मिचेर भारतले आफ्नो नक्सामा जबरजस्ती राख्ने कार्य गरिरहेको अवस्थामा नेपाल सरकारले ठूलो साहसपूर्वक मिचिएका भूमिलाई आफ्नो भनेर दावी गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। जसको सारा संसारमा रहेका नेपालीहरुले गौरबता महशुश गरिरहेका छन्।

 

बलिउडमा कार्यरत नेपाली अभिनेत्री मनिषा कोइरालाले पनि नेपालको नयाँ नक्सा सार्वजनिक भएकोमा त्यसको समर्थन गरेर स्वागत गरेको अवस्थामा नेपाली चलचित्रकै अग्रज सदावहार अभिनेत्री करिश्मा मानन्धरले भने फरक मत राखेकी छन्। अभिनेत्री करिश्मा मानन्धर लेख्छिन्–‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौं, भाइचाराको कुरा गर्छौँ । तर, छिमेकी जस्को थिचोमिचोमा हामी दशकौंदेखि परिरहेका छौं, ती छिमेकीसँग सिमानाबारे स्पष्ट कुरा नगरी कसरी मुलुकको नक्सा सार्वजनिक गर्छौं ? के यो सोझो जनतालाई बच्चालाई पापा देखाएको जस्तो झुक्याएको हो ?’

करिश्माले “के फेरि अर्को पुस्ताले यो नक्सा देखाउँदै छिमेकीसँगको विवाद गरेरै जीवन गुजार्ने ?”भन्दै प्रश्न पनि गरेकी छन् । उनले, सबैबाट मान्यताप्राप्त सिमाना सहितको नक्सा नेपालीलाई चाहिएको पनि उल्लेख गरेकी छन्। करिश्माले आफ्नो फेसबुक पेजवाट सार्वजनिक गरेको यसप्रकारको फरक विचारधारालाई प्राय कतिपयले सकारात्मक भनेका छन् त धेरैले नकारात्मक विचार भनेका छन्।

कुनैबेला डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसंग आवद्ध भएर राजनीतिमा उत्रिएका नायिका मानन्धर पछि राजनीतिवाट वाक्क दिक्क बनेर राजनीति छाडेकी हुन। राजनीति छाडेर स्वतन्त्र नागरिकको हैसियतले स्वतन्त्र विचार संप्रेषण गर्दैआएकी नायिका मानन्धरको उक्त फरक विचारलाई ग्ल्यामर प्लसका प्रधान सम्पादक तथा प्रकाशक राजाराम फुयाँलले यसरी टिप्पणी गरेका छन्–“जबर्जस्ति अर्को देशले आफ्नो देशको भुमि हडपेको अवस्थामा आफ्नो गुमेको भुमि फिर्ता ल्याउने सन्दर्भमा तपाँईलाई अन्तराष्ट्रीय मान्यता र कानुन सम्मत केहि कुरा आधिकारिक रुपमा थाहा छ भने नेपाल सरकारलाई सभ्य शैलिमा सुझाव दिनुहोस। यो पनि भएन त्यो पनि भएन भनेर दोषै मात्र देखाउने, कोरोनाले त्रसित आम जनतामा जति बेला पनि नकारात्मक असर पर्ने तपाँईका खोस्टे बिचार सम्प्रेषण नगर्नुहोस। कृपया सक्नु हुन्छ भने सकारात्मक सुझाव दिनुहोस कृपया।
नेपालि जनताको उच्चतम दबाबको कारण नेपाल सरकार आज भारतले हडपेको हाम्रो भुमि फिर्ता ल्याउने सन्दर्भमा नेपालको हडपिएको भुमि नक्सामा सम्मिलित गरि नक्सा पास गर्न बाध्य भएको छ । यस कुराको कम्तिमा हामि स्वागत गरौं । नक्सा त पास भो अब दाल में कुछ काला छैन भने जमिन पनि फिर्ता ल्याउन सफल बनोस नेपाल सरकार यहि कामना।”

प्रधान सम्पादक तथा प्रकाशक राजाराम फुयाँलले जस्तै धेरैले नायिका मानन्धरलाई सकारात्मक बनेर नेपालको भूमिलाई फिर्ता ल्याएर नेपालको नयाँ नक्सामा समेटिएका नेपाली भूभागलाई हालसाविक गर्न सहयोग गर्न अनुरोध गर्ने कार्य गरेका छन्। धेरैको प्रतिक्रिया आएपछि नायिका मानन्धरले आज विहीवार विहान आफ्नो फेसबुक पेजवाट अर्को स्टेटमेन्ट  सार्वजनिक गरेकी छन्।

करिश्माले त्यस स्टेटमेन्टमा बलिउडकी ख्यातिप्राप्त नेपाली नायिका मनिषा कोइरालाको भनाईलाई भारतीय मिडियाले अतिरञ्जित गरिरहेको प्रतिक्रिया दिदै वार्तावाट अगाडि बढाउन आवश्यक छ भनेकी छन्। नेपालको जारी नक्साको वारेमा खुशी व्यक्त गर्दै त्यसलाई नेपालको संविधानमा पनि समेटिनु पर्दछ भनेर नेपाल सरकारलाई सल्लाह दिएकी छन्। जुन अत्यन्त सकारात्मक रहेको छ।

नेपालको संविधान संशोधन गरेर नयाँ नक्सालाई त्यसभित्र पार्न ढिलाई गर्न नहुने करिश्माको रायसहितको सन्देशले उनलाई विवादमा बचाएको छ। जसलाई ढिला आयो–कडा र सान्दर्भिक रुपमा आयो भन्ने पर्दछ। एकदिन पछि ढिला राम्रो सन्देश प्रवाह गर्न सफल भएकोमा करिश्मालाई धन्यवाद भन्नेको कमी भने छैन्।


प्रकाशन मिति–२०७७ साल जेठ ८ गते विहीवार ।