काठमाडौं। कोरोनाको कहरको कारण नेपालमा जारी लकडाउनले सवैलाई गाह्रो–साह्रो परेको अवस्था रहेको छ। त्यसमाथि पनि अपाङ्गता भएका व्यक्तिहरुलाई अत्यन्त कठिनाइ नै भएको छ। सरकारले दिएको राहत पनि लिन जान सक्ने अवस्था अपाङ्गता भएका व्यक्तिहरुमा रहेको देखिदैन।

कतिपय अपाङ्गता भएका स्थानमा सरकार पनि पुग्न सकेको छैन्। सरकार नपुगेका स्थानमा चार पाङ्ग्रे स्कुटर चलाएर भएपनि अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सहयोग वितरण गर्ने कार्यमा अपाङ्ग मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठको व्यस्तता देखिएको छ।

काजीलालवाट नेपालमा लकडाउन भएको ४८ औं दिनसम्म पुग्दा करिब २५० परिवारलाई राहत वितरण गर्ने कार्यमा सक्रियताका साथ भूमिका निर्वाह गर्ने कार्य भएको छ। दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरु देखि गर्भवती महिला तथा एकल महिलासम्म सवैलाई आफूले संकलन गरेका राहत वितरण गर्ने कार्यमा तल्लिनका साथ लागिरहेका छन्।

काजीलालको यस कार्यमा यति एअरलाइन्सका पाइलट रमेश श्रेष्ठ देखि धर्मात्मा ज्वाई उपनामवाट चर्चित मानवअधिकारकर्मी नारायण लिंखा देवानसम्मको साथ रहेको छ। अझैपनि काजीलाललाई खानै पाइएन भनेर मोवाइल गर्ने सयौं नामहरुको लिष्ट रहेको छ। त्यो लिष्ट काजीलालको निवासस्थान रहेको टोखा नगरपालिकालाई पनि बुझाइसकेका छन्।

नगरपालिकावाट आश्वासन मात्र आएतापनि राहत नआएको काजीलालको गुनासो रहेको छ। आफैले चिनजानका राहतदाताहरुवाट संकलन गरेका राहत आफ्नो लिष्टमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई चारपाङ्ग्रे स्कुटर चलाएर पनि उनीहरुका घर ठेगानमा नै पुर्याईदिने कार्य गर्दैआएका छन्।

पिता–पूर्खाको घर भक्तपुरको दरबार स्क्वायर भएतापनि काजीलालको जन्म नुवाकोटमा भएको हो। नुवाकोटमा जन्मी–हुर्केका काजीलाललाई एक बर्षको उमेरमा पोस्ट पोलियो रोग लाग्यो। जसको कारण काजीलालको बायाँ खुट्टा सामान्य छैन्। अत्यन्त मसिनो रहेको छ

पोलियोको कारण आफै अपाङ्गता भएको व्यक्ति भएतापनि अपाङ्गहरुको सेवामा अनवरत लागिरहेका काजीलालको हरिमायासंग प्रेम विवाह भएको हो। एक अर्को वीच अपार माया–प्रेम तथा सदभाव रहेका यी प्रेमका महान जोडी काजीलाल र हरिमायाको मायाको चिनोको रुपमा दुई छोरी र एक छोरा छन्।

भोटर लिष्टअनुसार स्थायी घर ठेगान काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ भएतापनि सामान्य व्यापार व्यवसायको सिलसिलामा काजीलालको परिवार गोगंबु बालाजुमा बस्दैआएका छन्। खाने दालभात र जाने आर्यघाट नै हो भनेर महान समाजसेवामा लागेका काजीलाल बाँचुञ्जेल आफूजस्तै सवै अपाङ्गता भएका व्यक्तिहरुलाई सदा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्छन्। Kazi Lal-9851236801
प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।