Keshav Kumar Budhathoki in TOUGH talk with Dil Bhusan Pathak

दुई चरणको स्थानीय चुनाव सम्पन्न भएसँगै सरकार कर्मचारी व्यवस्थापन गर्ने गृहकार्यमा छ । तर स्थानीय तहमा कर्मचारी सरुवा गर्ने काम सरकारका लागि फलामको च्युरा सरह हुने देखिन्छ । कुनै स्थापित मान्यता, सिद्धान्त र विधि भन्दा पनि पहुच, आर्थिक लाभ र प्रभावका आधारमा शरुवा गर्ने प्रवृत्ति सत्ताधारीहरुमा हावी छ । अर्को तर्फ दलै पिच्छेका ट्रेड युनियनको दवावका कारण सरकारले खाटाएका ठाउमा गएर सेवा गर्नुको साटो कर्मचारीहरु सरुवाको विरोधमा मोर्चावन्दी गरिरहका छन् ।

यता सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मात्रै मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । केन्द्रिय समिति बैठकमा रामचन्द्र समुहले सभापति समेत रहनुभएका देउवाका कारण स्थानीय तहमा दोस्रो स्थानमा खुम्चिनु परेको आरोप लगाएका छन् भने देउवा समुहले सभापतिको बचाउ गरेका छन् ।
यीनै विषयमा कुरा गर्न मैले आज पूर्व सामान्य प्रशासन मन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार वुढाथोकीलाई टफटकका लागि स्टुडियोमा वोलाएको छ । पञ्चायती व्यवस्थाको अन्तिम मन्त्रिपरिषद्मा जलस्रोत सहायक राज्यमन्त्री हुनुभएका बुढाथोकी कसरी कांग्रेस हुनुभयो ? पार्टी भित्रै चैते कांग्रेसको आरोप लाग्ने बुढाथोकी कसरी कांग्रेस नेतृत्वको प्रिय पात्र बनिरहनुभएको छ ? भारतमा समेत अध्यायन गर्नुभएका बुढाथोकीले पञ्चायती व्यवस्था र लोकतान्त्रिक व्यवस्थामा मन्त्री हु“दाको अन्तर के पाउनुभयो ? निर्वाचन सम्पन्न भएपछी किन स्थानीय तहमा कर्मचारी जान मानिरहेका छैनन् ।