काठमाडौं। कोरोनाको कहरको कारण जारी लकडाउनले अझ किड्नी फेल भएका विरामीहरुलाई धेरै समस्या भएको छ। हप्तामा दुईपटक डायालोसिस गर्नुपर्ने किड्नी फेलर विरामी तथा विरामीका परिवारलाई निक्कै समस्या परेको छ।

त्यसमाथि, ज्याला–मजदुरी गरेर पेट पाल्ने किडनी रोगीको परिवारका लागि त यो लकडाउन त भयंकर कष्टदायक पहाड नै बनेको छ। एकातिर रोजगारी नहुनु अर्कोतिर डायलोसिस गराउन खर्च जुटाउन नसक्नुको पिडा काठमाडौं महानगरपालिका वडा नंबर ६ बौद्धमा बसोवास गर्दैआएका काभ्र्रे तेमालका शान्ता रिमाल तामाङको परिवारलाई परेको छ।

शान्ताको सासुआमा पुतली तामाङको किड्नी फेल भएर विगत चार बर्षदेखि डायालेसिस गर्दै आएका छन्। समाधान हुन सकेको छैन्। लामो समयदेखि हप्तामा दुईपल्ट गरेर डायालोसिस गर्न टिचिङ अस्पतालमा जान पनि समस्या भएको र लकडाउनले ज्याला–मजदुरी गरेर जसोतसो परिवार पालिरहेका शान्ताको श्रीमानको पनि रोजगारी गुम्दा ८ जना आश्रित परिवारलाई मर्नु न बाँच्नु भएको छ।

अपाङ मैत्री नेपालका अध्यक्ष काजिलाल श्रेष्ठ र वडावाट उपलव्ध गराएको केही राहतले गुजारा गरिरहेको भएतापनि सासुआमाको उपचारमा नै सवै खर्च भैसकेकोले बेखर्ची भैसकेको शान्ताको भनाई छ।

कृपया शान्ता रिमाल तामाङको किड्नी फेलर सासुआमा पुतली तामाङलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले उहाँको फोन नंबर 9813568070 मा कल गरेर सहयोग गर्न सक्नुहुन्छ।

प्रकाशन मिति–२०७७ साल जेठ १८ गते आइतवार ।