काठमाडौं। विगत दश बर्षदेखि अमेरिकामा विभिन्न व्युटी कन्टेस्ट तथा इभेन्ट म्यानेजमेन्ट गर्दैआएको आर एण्ड आर ग्रुपले Kid’s Photo Contest गरेको छ। १० बर्षसम्मका बाल–बालिकाका चित्ताकर्षक फोटो पठाएर भाग लिन सकिने Kid’s Photo Contest हो।

जुन कन्टेस्टमा प्रथम हुनेलाई ५ सय डलर तथा दोश्रो हुनेलाई ३ सय र तेश्रो हुनेलाई १ सय डलर क्यास पुरस्कार राखिएको छ। Kid’s Photo Contest को आवेदन खुल्ला भैसकेको छ। अक्टोबर ३१ तारिखभित्र बालबालिकाका फोटो पठाइहाल्नु पर्ने र त्यसको नतिजा १४ नोभेम्बर २०२० प्रकाशित गरिने भएको छ।

विश्वभरमा रहेका नेपालीका बच्चाहरुले भाग लिने पाउने प्रावधान राखिएको छ। बच्चाहरुभित्रको सुन्दरता तथा गौरबतालाई पहिचान गर्न यो कन्टेस्टको आयोजना गरिएको आर एण्ड आर ग्रुपका ब्राण्ड एम्बासडर अलिशा अधिकारीले भनेकी छन्।
आवेदनमा भाग लिन तपाईहरु निम्न लिंकमा गएर क्लिक गर्न सक्नु हुन्छ–

www.rnrgroups.us

https://www.rnrgroups.us/?fbclid=IwAR2cjE59Q1s9T3qfd0zMI3GV2DWgFB6hoTlc2sXK12e4-e_6R9BiltvsLNI

प्रकाशन मिति–२०७७ साल असोज ४ गते आइतवार ।