Krishna Khanal in TOUGH talk with Dil Bhusan Pathak
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरु यतिबेला चुनावी मैदानमा छन । उम्मेद्ववारहरु जनमतलाई आफनो पक्षमा पार्न घोषणापत्र र आश्वासनका पोका वोकेर अनेक सपना बाँड्न व्यस्त छन । निर्वाचनपछि झलमल्ल गाउँसहर, त्यहाँ दौडने रेल, चिटिक्क परेका फराकिला सडक, डाँडाकाँडा छिचोल्दै भित्रभित्रै सवारी दौडने सुरुङमार्ग, भरिभराउ कलकारखाना, लाखौ लाख रोजगारीका अवसर, गुणस्तरीय शिक्षा, स्वास्थ्य आदि इत्यादी । यसरी घोषणा भईरहेका दलका बाचालाई पढ्ने हो भने अव जनताले सुखका दिन हेर्न धेरै समय कुर्नु पर्ने छैन । तर विगतमा राजनीतिक दलहरुले भन्ने गरेका बाचा र त्यसको कार्यान्वयन पाटो भने विपरित धुव्र जस्तै रहयो । दलहरुले अझै पनि आफुले नगरेका कामको जस लिने, विपक्षीलाई अपजस दिने र गर्न सम्भव नै नभएका काममा फुर्ति देखाउने सम्मका बिषय घोषणापत्रमा समावेश गरेका छन, भन्दा अतियुक्ती नहोला । सामान्य संभावित अध्ययन समेत नभएका कतिपय कलकारखाना खोल्नेदेखि, सडक सञ्जाल जोडने बिषय घोषणापत्रमा अटाएका छन । पुष्टि हुने आधार नभएका देशभर अन्तर्राष्ट्यि विमानस्थल, प्रेटेल उत्खनन, फलाम, युरेनियमको उत्खनन्, काठमाडौदेखि सगरमाथाको फेद, पोखरादेखि जोमसोमसम्म केबलकार राख्ने कल्पना घोषणापत्रमा राखिएको छ । राजनीतिक क्रान्तिको अन्त्य भएकाले अवको पालो आर्थिक क्रान्ति भन्दै समृद्धिका नारा दिइरहेका छन । त्यस्ता उमेद्धवारलाई मतदाताले भोट मात्रै दिने कि विगतका वाचा पनि सम्झाउने ? यस्ता बेला हामी मतदातको भुमिका के हुन्छ ? राजनीतिक दलहरुले गरेका घोषणा कति पत्यारिला छन ? निर्वाचनमा भनेजस्तै राजनीतिक दलले विगतमा जनताप्रति देखाएको उत्तरदायित्व कस्तो छ ? किन प्रत्येक निर्वाचनमा उहि पुराना अनुहार उहि पुरानै नारा ? बाम गठबन्धन र आगामी निर्वाचन । निर्वाचन पछिको राजनीति लगायतका विषयमा विश्लेषण गर्न आज मैले प्राध्यापक कृष्ण खनाललाई टफ टकका लागि स्टडियोमा वोलाएको छु ।