काठमाडौं। सुन देखि नूनसम्म र फिजियोथेरापी देखि व्युटीपार्लर सैलुनसम्म एकैथलोमा उपभोक्ताहरुको सेवामा मनमुरी कृषि बजारले नौलो रुपमा प्रदान गर्ने भएको छ।

काठमाडौं जिल्लाको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित विनायक मार्गमा मनमुरी कृषि सहकारी संस्थाले यसप्रकारको नौलो सेवा प्रदान गर्ने कार्य भएको हो।

चार रोपनी जमिनमा फैलिएको मनमुरी कृषि बजारमा सवैखाले अर्गानिक खाद्यान्न, हरिया ताजा तरकारी, खसी र कुखुराको मासु लगायत कृषिजन्य मलबीउ लगायत मार्टशैलीको स्टोरसम्मको सेवा विस्तार भैसकेको जानकारी मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतले भिजन संसार डटकमसंगको भिडियो वार्तामा भनेकी छन्।

उपभोक्ता देखि उपभोगसम्मको नारा वोकेर नौलो प्रविधिवाट उपभोक्ताहरुलाई सहज रुपमा सेवा दिनका लागि सवैखाले सेवाको विस्तार क्रमिक रुपमा गर्न लागेको जानकारी पनि जयकलाले दिएकी छन्। मनमुरी कृषि बजारमा २२ वटा सटर रहेका छन्। ती सवै सटरहरुमा फरक फरक सुविधाका पसलहरु संचालन भएको कारण एउटै थलोमा सवै प्रकारका उपभोगका सामाग्री पाइने भएकोले सवैलाई सहज र सरल हुन पुगेको छ।

कागेश्वर मनहरा नगरपालिकाको नमूना बजारका रुपमा विकास भएको मनमुरी कृषि बजार देशकै नमूना बजार वनाउने पक्षमा आफूहरु क्रियाशील भैरहेको जानकारी पनि जयकलाले दिएकी छन्।

प्रकाशन मिति–२०७७ साल असार १ गते सोमवार ।