काठमाडौं। नेपाली चलचित्रका अभिनेत्रीहरुको टाउको जोडेर नक्कली अश्लिल फिल्म बनाउने र त्यस फिल्मलाई इन्टरनेटमा अपलोड गरेर नेपाली कलाकारहरुको बेइज्जत गर्ने नकाम भएको छ।

त्यस कार्य विरुद्ध नेपाल चलचित्र कलाकार संघ तिखो रुपमा प्रस्तुत भएर प्रतिवाद गर्दै त्यस अक्षम्य अपराधलाई छानविन गरेर कारवाही गराउन लागेका छन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा गएको कलाकार टोलीले महानगरीय प्रहरी कार्यालय टेकु स्थित अपराध महाशाखामा पुगेर उजुरी दर्ता गराएका छन्।

प्रविधिको प्रचुर दुरूपयोग गरी नेपाली चलचित्रका कलाकारहरूको टाउको जोडेर अश्लील भिडियो बनाउने दुराचारीहरू जो कोही जहाँकहिको हुन तिनीहरूको अपराध क्षमायोग्य नभएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भनेका छन्।

त्यस्ता अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्ने तथा उनीहरुको दुष्कर्मको पटाक्षेप, दोषीलाई कारबाही र पिडितलाई न्याय दिलाउनका लागि नेपाल चलचित्र कलाकार संघ आवश्यक पहलकदमी गरिरहेको जानकारी पनि अध्यक्ष खड्काले दिएका छन्। यस कार्यमा संघले सबैको सदभाव र सहयोगको आशा राखेको पनि अध्यक्ष खड्काले भनेका छन्।

कोरोना कहरको विपदको अवस्थामा नेपाली चलचित्रका अभिनेत्रीहरुलाई लक्षित गरेर बनाएका दुश्कर्ममय भिडियो नेपालवाट हेर्न नमिल्नेसम्म गरिसकेको छ। यस कार्यमा नेपाल चलचित्र कलाकार संघ, नेपाल प्रहरी, नेपाल दूरसंचार प्राधिकरण लगायतका संघ–संस्थाको विशेष योगदान रहेको छ। यद्यपि, विश्वका कुनै कुनाकाप्चावाट पनि हेर्न नमिल्ने गरेर व्याण्ड गर्न र गराउन आवश्यक छ।

अर्कोतर्फ, यस्तो दुश्कर्म गर्ने नेपाली या विदेशी जो भएपनि त्यस अपराधीलाई कठघरामा ल्याएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानून बमोजिम कारवाही गर्न र गराउन अत्यन्त आवश्यक भएको नेपाली कलाकारहरुको माग रहेको छ।

यसअघि पनि पचासको दशकमा भर्खर भर्खर नेपालमा इन्टरनेटको पहुँच हुनै लागेको बेलामा पनि तीन नेपाली महिला कलाकारहरुको टाउको जोडेर अश्लिल तस्वीर इन्टरनेट मार्फत सार्वजनिक भएवाट हंगामा भएको थियो।
प्रकाशन मिति–२०७७ साल जेठ १३ गते मंगलवार ।