काठमाडौं। नेपाली चलचित्रको इतिहासमा हालसम्मकै सर्वाधिक लगानी रहेको चलचित्र पासवर्डको गत भदौं २७ गतेवाट अलनेपाल रिलिज भैसकेको छ। नेपालको रिलिज पश्चात चलचित्र पासवर्ड बेलायतवाट पनि रिलिज हुने भएको छ। बेलायतमा यही २७ सेप्टेम्बरवाट रिलिज हुन लागेको हो।

निर्देशक सम्राट बस्नेतको निर्देशन तथा निर्माता हिरल जोशी र अमित बस्नेतको निर्माणमा निर्माण भएको हो।  जसमा पूर्व पोर्नस्टार तथा हिन्दी फिल्मी सुपरस्टार हिरोइन सन्नी लियोनीको आइटम डान्स समेत रहेको यस चलचित्र पासवर्डका नायक विक्रम जोशी हुन्।

जसले ह्याप्पी डेज तथा हेल्लो जिन्दगी नामक दुई नेपाली चलचित्रमा स्वभाविक अभिनय गरेर सवैको मन जितिसकेका छन्। पासवर्ड हेर्नेहरुले पनि नायक जोशीको व्यापक तारिफ गर्ने गरेको पाइन्छ। 

चलचित्र पासवर्डको आजको साम वोलको गीतको कोरियोग्राफी बलिउड कोरियोग्राफर बिष्णु देभाले गरेका हुन्। विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा दुर्गा खरेलको स्वर छ। गीत लण्डनमा छायाँकन गरिएको हो। फिल्ममा बिक्रम जोशी (विक्की), अनुपविक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, सनमकुमार बैराग, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ।

Catch password movie in UK different location never by your Cineworld releasing this Friday 27th September
a Very first time releasing Nepali movie in theatre. Proud moment for AB INTERNATIONAL entire team
And Nepali movie Industry.
Internationally PASSWORD will be screening in a number of countries across the world from Friday 27th September. The film will be released across selected Cineworld in UK ?? check below given timetable

प्रकाशन मिति–२०७६ साल असोज ६ गते सोमवार ।