Fashion Show 1

काठमाडौ। हावाहुरी तथा डरलाग्दो झरीमा पनि फेसनेबल फेसन–शो भने रोकिएन। अझ गरमागर्मीका साथ फेसनेबल फेसन–शो पुल्चोकस्थित व्याक आर्ट रेष्टुराँको खुल्ला परिसरमा संपन्न भएको छ।

शुक्रबार अप्रत्यासित रुपमा बदली भएको फागुने झरीमा Revel 2017 An Exclusive Fashion Show सम्पन्न भएको हो। Yes Mam Boutique का Fashion Designer ऐनी तण्डुकारले तयार गरिएका विभिन्न पहिरनहरुमा २८ जना मोडलले क्याटवक गरेको थिए । जसमा ६ वटा सिक्वेन्स रहेको थियो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र गुण व्युटिसियन ट्रेनिङ्ग सेन्टरको संयोजनमा यस फेसन–शोको आयोजना भएको थियो। जसको कोरियोग्राफी प्रसिद्ध कोरियोग्राफर राज फैजुले गरेका थिए । फेसन–शोमा प्रसिछ गायक तिलक वम मल्लले लोकप्रिय गीत गाएर सवैको वाहवाही लुटेका थिए।

Fashion Show 2प्रकाशन मिति–२०७३ साल फागुन ३० गते सोमवार ।