काठमाडौं। विश्वका झण्डै ३ करोड लागुऔषध प्रयोगकर्ता १५ देखि ६४ बर्ष उमेर समूहका रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ। नेपालभरमा ८५ हजार २ सय ४ पुरुष र ३ हजार ३ सय महिला लागुपदार्थको दुव्र्यसनीमा फसेको विभिन्न अध्ययनले देखाएको छ।

लागुऔषध दुव्र्यसन तथा दुव्र्यसनीहरुको व्यापक बृद्धि भैरहेको कारण विश्व नै आक्रान्त भैरहेको छ। यसलाई निर्मूल गर्न विश्वभर विभिन्न जनचेतनामूलक कार्यहरु हुंदैआएको छ। दुव्र्यसनीहरुलाई जसरी भएपनि नरक जस्तो लागुऔषधको भयावह खाडलवाट बच्न र बचाउने कार्य रिहाइब सेन्टर लगायतका विभिन्न संघ–संस्थाले कार्य गदैंआएको पाइन्छ।

विश्वभर लागुऔषध विरुद्ध जनचेतना अभिबृद्धि गर्न तथा यो कुलतवाट सवै वर्गलाई जोगाउन प्रत्येक बर्षको जुन २६ का दिन विश्व लागुऔषध दिवस मनाउने कार्य हुंदैआएको छ।

अघिल्ला बर्षहरुमा जस्तो यो बर्ष विश्व लागुऔषध दिवस भव्य रुपमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण मनाउन नसकेको नार्कोनन नेपालका अध्यक्ष बसन्त कुँवरले भिजन संसार डटकम प्रतिनिधि सुनकुमार अवाललाई बताएका छन्। लागुपर्दाथको प्रयोग र अबैध व्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन यो दिवसले प्रत्येक बर्ष आग्रह गर्ने गरेको कुँवरको भनाइ छ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८७ देखि मनाउन थालिएको दिवसको यस बर्षको नारा “सबैभन्दा पहिला सुन” भन्ने रहेको छ। युवा तथा बालबालिकालाई लागु पदार्थ सेवनबाट बचाउन सबैभन्दा पहिले परिवार र समाजले उनीहरुको भावना बुझ्न र सुन्न आवश्यक रहेकोमा नाराले जोड दिएको छ।

विशेष गरी युवा पुस्ता लागुऔषधको दुर्व्यसनीमा फसेका कारण नागरिक स्वास्थ्य,सुरक्षा, मानवजातीको अस्तित्व र राज्यको सार्वभौमिकतामा नै जोखिम बढ्दै गएको पाइएको छ।
प्रकाशन मिति–२०७७ साल असार १४ गते आइतवार ।