Exam Board of Nepal

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित नाम माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि शुक्रबार बिहान सार्वजनिक गर्ने भएको छ।

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे र सोही बैठकले सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताएकी छन्।

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक हुने रेग्मीको भनाई रहेको छ। संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए।
प्रकाशन मिति–२०७४ साल असार १ गते विहीवार ।