ललितपुर। मनोरोगीहरुको उपचार औषधिले भन्दा स्नेहले हुने गर्दछ। स्नेह तथा मायाले मनोरोगीको उपचार संभव हुने देखिएकोले त्यो स्नेह र माया दिन कम्मर कसेर लाग्ने कार्य श्रीनेहा पोखरेलले विगत दश वर्षदेखि निरन्तर गर्दैआएकी छन्।

मनोरोगी बा–आमा, भाइबहिनी, दाजुदिदी सवैको आमा बनेर स्नेह तथा माया दिने कार्य श्रीनेहा पोखरेलवाट भएको छ। श्रीनेहाले यसरी सवैको आमा बन्ने कार्य १६ बर्षको उमेरवाटै भएको हो। त्यतिखेर सवैले आमा भन्दा अलि कस्तो कस्तो लागेतापनि हाल स्वभाविक लाग्न थालेको वताउने श्रीनेहा दश बर्षको लामो यात्रा पश्चात २६ बर्ष पुगिसकेकी छन्।

सानो उमेर त्यो पनि अविवाहित श्रीनेहालाई सवैको आमा बन्न सहज भने छैन्। कतिलाई स्याहार–सुसार गर्दा उनीहरुले चिथोर्ने तथा टोक्ने लगायत अनेक आतंक गर्ने हुन्छ। ती सवैलाई सहेर माया तथा स्नेह दिएर मानसिक सन्तुलन गुमाएका सवैलाई सन्तुलनमा ल्याउने कार्य श्रीनेहाको नेपाल स्नेही काखवाट हुंदैआएको छ।

मनोरोगीहरुका लागि स्नेहको काख दिदैआएकी श्रीनेहा पोखरेलको संस्थाको नाम नै नेपाल स्नेही काख हो। ललितपुर महानगरपालिका वडा नंबर १३ कुसुन्ती स्थित नेपाल स्नेही काख मनोरोगीहरुको आश्रय स्थल बनेको छ। यस संस्थामा मानसिक सन्तुलन गुमाएर सडकमा नांगै हिड्ने महिलादेखि कुकुरको कुहिएको मासु खांदै गरेका पुरुषसम्मको आश्रय स्थल बनेको नेपाल स्नेही काखले सयौंको उद्धार गरिसकेको छ। कैयनको उपचार गरेर सामान्य जीवनमा फर्काइसकेका छन्।

असहाय,अनाथ तथा अपाङ्गता भएकाहरुलाई सम्हाल्न त्यति कठिन हुंदैन। जति कठिन मानसिक सन्तुलन गुमाएका मनोरोगीहरुको हुने गर्दछ। मनोरोगीहरुको होश नै नहुने गरेको कारण मनोरोगीहरुसंग काम गर्न सहज भने छैन्। सोही असहजताले गर्दा श्रीनेहा कैयन दिन र रात सुत्न सकेकी छैनन्। कहिले बच्चा तथा कहिले बृद्धहरुलाई थपथपाउंदैमा कैयन दिन र रात छर्लङ वित्ने गरेको छ।

त्यसले गर्दा पनि सानो उमेरमा पनि परिपक्व बनिसकेकी श्रीनेहाको दिनचर्या मनोरोगीहरुलाई माया तथा स्नेह दिएर नै वितिरहेको छ। कुनैवेला कलाकार तथा मोडल बन्ने ठूलो सपना वोकेर अगाडि बढे्की श्रीनेहाले कैयन समय रंगमंचिय कलाकारिता तथा मोडलिङवाट कमाएको पैसावाटै नेपाल स्नेही काख चलाउने कार्य भएको थियो।

अवका दिनमा धेरै शुभेच्छुकका जन्मदिन, विवाह उत्सत्व, पूण्यतिथि लगायत दिन पारेर खाना खुवाउने लगायतका सहयोग दानदातव्यतावाट नै संस्था चलिरहेको वताउने श्रीनेहा कोरोनाभाइरस (कोभिड–१९)को कारण जारी लकडाउनका कारण सवै दाताहरु चाहेर पनि सहयोग गर्न आउन नपाएकोले नेपाल स्नेही काखलाई समस्या परेको र सहयोगको अझ आवश्यकता परेको भिजन संसार डटकमसंगको भिडियो वार्तामा भनेकी छन्।

नेपाल स्नेही काख कुसुन्ती र बालाजुको साँगामा गरेर ६५ जना मनोरोगीहरुलाई आश्रय दिने कार्य हुंदैआएको जानकारी पनि श्रीनेहाले दिएकी छन्। प्राय स्नेही काखमा आश्रित सवै सडकवाटै उद्धार गरिएका मानसिक सन्तुलन गुमाएका मनोरोगीहरु छन्।

विभिन्न सामाजिक कारण मानसिक सन्तुलन गुमाएका मनोरोगीहरुको मानसिक सन्तुलन फर्काउने कार्यमा अहोरात्र क्रियाशील श्रीनेहा पोखरेलको नयाँ जीवन भन्नु नै मनोरोगीहरुको सेवा बनेको छ।

विवाह गरेर घरजम गर्ने अनि विवाहिता जीवन वाँच्ने हालसम्मलाई नसोचेकी श्रीनेहाले भनेकी छन्। अविवाहिता बनेर सवैको आमा बन्दा शुरुका दिनमा अलि अपठ्यारो महशुश भएतापनि अवका दिनमा स्वभाविक लागिसकेको र आफू सवैको अविवाहित आमा बन्न पाउंदा साह्रै खुशी तथा गर्ब लागेको पनि श्रीनेहाले बताएकी छन्।
श्रीनेहाल पोखरेलको नेपाल स्नेही काखलाई सहयोग गर्न चाहनु हुने महानुभावहरुले मोबाइल नंबर 9803809721 मा संपर्क गर्न सक्नु हुन्छ।

प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।