
काठमाडौं महानगरपालिकाका नायव सुव्वा कृष्णप्रसाद सोती घुससहित पक्राउ
काठमाडौं। काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग, ववरमहलमा कार्यरत नायव सुव्वा (पाँचौ तह) कृष्णप्रसाद सोतीले सेवाग्राहीसंग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेको छ। सोमवार ववरमहलस्थित कार्यालय परिसरवाटै कम्प्युटर अप्रेटरको कार्यगर्दैआएका नायव सुव्वा सोतीलाई पक्राउ गरेको हो। […]