काठमाडौं। काठमाडौं विशेषत् शौचालयको अभाव तथा शौचालयको आवश्यकता वारेमा जोडदार आवाज उठाउंदै आएका टक–ट्वाइलेट Talk to Toilet का अगुवा वातावरणवीद तथा एरोशान हबका कार्यकारी निर्देशक स्वर्गिय प्रकाशचन्द्र अमात्यको स्वर्गारोहणको ४५ औं दिनको पुण्य तिथीमा श्रदान्जली सभा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोइसाइटी महाबौद्व उप–शाखाले उक्त श्रदान्जली सभाको आयोजना गरेको हो। अमात्य उक्त उप–शाखाको सचिवसमेत रहेका थिए ।
श्रदान्जली सभामा काठमाडौँ महानगरकी पूर्व उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, २७ वडाका वडाध्यक्ष योगेश कुमार खड्गी, रेडक्रसका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिती रहेको थियो।

श्रदान्जली सभामा अमात्यको योगदानको चर्चा तथा स्मरण गरिएको थियो। अमात्यको भाद्र ३१ गते हृदयघातका कारण अल्पायु मै निधन भएको थियो।
प्रकाशन मिति–२०७९ साल कात्तिक १३ गते आइतवार ।