Upendra Yadav in TOUGH talk with Dil Bhusan Pathak
संविधान संशोधन गर्ने वा नगर्ने विषयमा सत्ता र विपक्षी दलविच चलेको जुहारीका कारण संसद अवरुद्ध भएको पनि एक महिना पुग्नै लागेको छ ।
यसविच सत्तापक्षले मधेशी मोर्चाका माग संवोधन गर्न भन्दै दर्ता गरेको प्रस्तावमा स्वयं मोर्चासमेत सन्तुष्ट हुन सकेको छैन ।
अर्कोतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका आठ दलले संशोधन प्रस्ताबलाई राष्ट्रियतासँग जोड्दै आन्दोलन चर्काउने धम्की दिंदै अाएका छन् । संविधान कार्यान्वयनका लागि १३ महिनाको अवधीमा तीनवटा निर्वाचन गर्नुपर्नेछ । तर सत्तारुढ, प्रतिपक्षी र मधेश केन्द्रित दलहरुले आ–आफ्नै डम्फू बजाइरहदा देश कता जाने हो ? आशंका पनि उत्तिकै छ ।