काठमाडौं। बलिउडका फिल्ममा नेपाली मादललाई अत्यन्त लोकप्रिय बनाउने युगिन नेपाली संगीतकार रञ्जित गजमेर हुन्। रञ्जित गजमेरले नै भारतीय फिल्ममा नेपाली मादल लोकप्रिय बनाउने कार्य भएको हो।

बलिउडका ख्यातिप्राप्त संगीतकार आरडी बर्मनव्दारा संगीतवद्ध हुने बलिउडका फिल्महरुमा नेपाली मादल बजाएर आरडी बर्मनको संगीतलाई शिखरमा पुर्याउने पर्दापछाडिका नेपाली संगीतकार रञ्जित गजमेरले पचासको दशकमा एक से एक नेपाली चलचित्रमा संगीत दिएर तहल्का मच्चाउने कार्य नै भएको छ। जसका संगीतमा रहेका सवै गीत सुपरहिट नै बनेका छन्।

यिनै युगिन संगीतकार उमेरको हकमा ७९ बर्ष पुगिसकेका छन््। संगीतमा बाँचुञ्जेल विश्राम नलिने बताउने संगीतकार गजमेर नेपाली संगीतको श्रीबृद्धि गर्न यो उमेर अझै नपुगेको र थप १ सय बर्ष भगवानसंग माग गर्ने संगीतकार गजमेरको नेपालमा विशेष कार्यक्रम हुने भएको छ।

संगीत तथा नृत्यको १ नंबरको विद्यालय साधना कला केन्द्रको आयोजनामा आगामी डिसेम्बर २८ का दिन भव्य तथा सभ्य कार्यक्रम हुने भएको छ। यस कार्यक्रममा गजमेरका गुरुदेव आरडी बर्मनकी पत्नी ख्यातिप्राप्त गायिका आशा भोसलेले पनि गजमेरलाई साथ दिने भएको छ।

त्यसको लागि व्यापक तयारी भैरहेको जानकारी आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भिजन संसार डटकमलाई दिएका छन्। बाँकी संपूर्ण समाचार युगिन संगीतकार रञ्जित गजमेरको यो भिडियो न्यूज रिपोर्टमा हेर्न सक्नु हुन्छ–

प्रकाशन मिति–२०७६ साल कात्तिक ४ गते सोमवार ।