काठमाडौं। सातभाषामा गीत गाएर रेकर्ड राख्न सफल नेपालकी अर्गानिक गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम रहरको विमोचन भएको छ। ख्यातिप्राप्त अग्रज संगीतकार लक्ष्मण शेषले गायिका सुनुवारको गीति–एल्बम रहरको विमोचन गरेपछि सार्वजनिक भएको हो।

रहर एल्बमको विमोचन समारोहमा सोही एल्बममा संग्रहित ‘हुन्छ भनन’ बोलको कर्णप्रिय गीतको म्युजिक भिडियो पनि प्रमुख अतिथि अग्रज संगीतकार लक्ष्मण शेषले स्वीच–अन गरेर विश्वव्यापी एकसाथ सार्वजनिक भएको छ।

डस म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा बर्षा राउत तथा प्रकाश सपुतको मनमोहक अभिनयमा गीतका गायिका पूजा सुनुवार र डेबिड शंकरको पनि मखमली अभिनय प्रस्तुति रहेको छ। दीपक शर्माको गीतमा शव्द तथा संगीत रहेको छ।

प्रकाशन मिति–२०७६ साल मंसीर ६ गते शुक्रवार ।