काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा कुनैबेला नेपाली नाना पाटेकर भनेर नाम कमाएका चलचित्रकर्मी हिजोआज यो पेशामा छैनन्। चलचित्र क्षेत्रवाट विलकुलै टाढा रहेर व्यापार व्यवसाय तथा समाज–सेवामा नै तल्लिन बनिरहेका छन्।

चलचित्र जंगली–मान्छे लगायतका चलचित्रमा अभिनय गर्दागर्दै पुस्तेनी व्यापार व्यवसायमा रमेका उनै नेपाली नाना पाटेकर श्याम सुन्दर श्रेष्ठ काठमाडौंको स्वयम्भु बुद्धपार्क स्थित कारखाना चोकमा फाजु ट्रेड लिंकमा भिजन संसार डटकमको क्यामेराले भेटायो।

एक दशकअगाडि जोन अब्राहमको स्टाइलमा पनि हिंड्ने उनै नेपाली नाना पाटेकर रुपरंगमा केही फरक भएको छ। पहिलाजस्तो जोन अब्राहमको जस्तो लामो न लामो कपाल छैन्। त्यस्तै गरेर, पहिलाजस्तो नाना पाटेकरको स्टाइलको ट्रीम गरेको दाह्री–जुंगा पनि छैन्।

सफाचट अनि सौम्य तथा सरल प्रकृतिमा भेटिएका नेपाली नाना पाटेकरसंग भएको भिडियो अन्तरवार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ–

प्रकाशन मिति–२०७६ साल मंसिर २१ गते शनिवार ।