Shakya Suren- Acting Chairman of World Newa Organization Nepal Country Chapter
Shakya Suren- Acting Chairman of World Newa Organization Nepal Country Chapter

काठमाडौ। World Newa Organization Nepal Country Chapter को बैठकले अध्यक्ष पुष्कर भक्त माथेमाले कार्यब्यस्तताका कारण अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएवाट वरिष्ठ उपाध्यक्ष शाक्य सुरेनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

प्रवक्ता रत्नकाजी महर्जनका अनुसार,बिश्वभरका नेवार संगठित गरि नेवार भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले स्थापित world Newa Organization Nepal को धेरै देशहरूमा Country Chapter खोलिसकेको छ भने गत बर्ष अमेरिकाको बाल्टिमोरमा बिश्वका नेवार अग्रजहरु भेला गरि दोस्रो महाधिवेशन गरेको थियो।

यो संस्था अमेरिकाको बाल्टिमोरमै केन्द्रिय कार्यलय रहने गरि दर्ता भएको थियो। नेपालमा पनि यस संस्थाले भुकम्पको बेला आर्थिक र प्राबिधिक सहयोग गर्नुका साथै भाषा-संस्कृति र राजनीतिक जागरणको निम्ति कार्य गर्दैआएको छ। नेपाल च्याप्टरको गत बर्ष माघ २८ गते पहिलो अधिबेशन भएको थियो।
प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।