काठमाडौं। कोरोना कहरको कारण जारी लकडाउनमा नियमित योगा प्रशिक्षण तथा योगा अभ्यास कार्यक्रममा कुनै अवरोध भएको छैन्। लकडाउन अगाडि खुल्ला योगा आश्रममा हरेक विहान हुनेगरेतापनि लकडाउन यता भने घर–घरमा मज्जाले योगा कार्यक्रम भैरहेको छ।

त्यो घर–घरमा भर्चुअल क्लास मार्फत योगा प्रशिक्षण तथा अभ्यास गराउने कार्यलाई निरन्तरता दिने कार्य काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित लक्ष्मीनारायण योग केन्द्रवाट भैरहेको छ। प्रत्येक विहान ५ बजेवाट नियमित रुपमा लकडाउन यता भर्चुअल क्लास मार्फत घर–घरमा योगाभ्यास तथा योगा प्रशिक्षण दिने कार्य भैरहेको जानकारी स्थानीय सुनकुमार अवालले दिएका छन्।

अवालका अनुसार, नियमित रुपमा योगा गुरुआमा पूर्ण श्रेष्ठले इन्टरनेटको माध्यमवाट दैनिक ९ जनालाई योगाभ्यास र प्रशिक्षण दिने कार्य गरिरहेकी छन्। त्यस योगाभ्यास तथा प्रशिक्षण कार्यक्रममा संस्थापक अध्यक्ष मुकुन्दप्रसाद श्रेष्ठ,
शेषनारायण श्रेष्ठ, नारायण गिरी,सरस्वती श्रेष्ठ, भगवती रेग्मी, विन्दू महर्जन, तरिमैं अवाल लगायतको सहभागिता रहने गरेको छ।

विसं.२०७३ सालमा शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठ र शिवराम थापाको अगुवाइमा स्थापना भएको कोटेश्वर भाटभटेनी पछाडि सूर्यकोट लक्ष्मीनारायण मन्दिर परिसर स्थित लक्ष्मीनारायण योग केन्द्रले योगाश्रममा योगाभ्यास र योगा प्रशिक्षण दिने कार्य हुंदैआएको हो। योगाभ्यास र योगा प्रशिक्षणको अलावा बेला बेलामा विभिन्न सामाजिक कार्यहरुमा पनि यस लक्ष्मीनारायण योग केन्द्रको सक्रियता तथा निरन्तरता रहेको छ।


प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।