काठमाडौं। थाइल्याण्ड र सिंगापुरको सामुद्रिक किनारामा आयोजित बक्स अफिस इन्टरनेशनल म्युजिक भिडियो अवार्ड २०१८को नेपाल संस्करण संपन्न भएको छ।

ललितपुरमा आयोजित नेपाल संस्करणको त्यस अवार्ड कार्यक्रममा गायक समिर हमाल बेस्ट पप सिंगर अवार्डवाट अवार्डेट बनेका छन्। गायक हमालले गाएको यो बर्षको सर्वाधिक चर्चित गीत बितिजाने बोलको गीतलाई गायक हमाललाई बेस्ट पप सिंगर अवार्ड दिएको हो।

बक्स अफिस इन्टरनेशनल ग्रुपव्दारा आयोजित कार्यक्रममा त्यस अवार्डवाट अवार्डेट बन्दा अत्यन्त खुशी तथा गर्ब लागेको गायक हमालले बताएका छन्। लामो समयदेखि निरन्तर गीत गाउंदै आएका गायक हमाल नेपालको पहिलो हर्रर गायक पनि हुन्।


प्रकाशन मिति–२०७५ साल कात्तिक १९ गते सोमवार ।