Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। गएराति निक्कै ठूलो दर्के पानी अविरल परेपछि काठमाडौंका अधिकांस स्थानमा जलमग्न भएको छ। थाम्नै नसक्ने गरेर आकाशवाट दर्के पानी परेपछि आधारातमा काठमाडौंका धेरै स्थानका घरभित्रै पानी पसेको छ।
विशेषत ढलमा पानीको ओभरफ्लो भएपछि पानी थामिनसक्नु भएर घर–घरमा पानी पसेको देखिन्छ। सडक–गल्ली जलमग्न हुंदा आज विहान २ः३० बजेवाट काठमाडौंका कतिपय स्थानमा स्थानीयको निद हराम बन्न पुगेको हो।
काठमाडौंका बालुवाटार, लाजिम्पाट, असन, न्हैकन्तला, डल्लु, बाफल लगायतका स्थानका कतिपय घरमा पानी पसेको पाइएको छ। जुन अत्यन्त पीडादायक भएको सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायदेखि रेखा शाक्यसम्मको रहेको छ।
त्यस्तै काठमाडौं महानगरपालिका वडा नंबर १५ की वडा सदस्य मैया महर्जन वडावासीका घर–घर पुगेर आफै ढलमा जमेको पानी खोल्न आधा रातमा नै पुगेको वताएकी छन्। काठमाडौं महानगरपालिका वडा नंबर २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ पनि टुकुचाको पानी बृद्धि भएर वडावासीको घर–घरमा पानी पस्ने चिन्तामा आधारातदेखि जाग्राममा बसेको पाइयो।
उचित ढल निकासको व्यवस्थित रुपमा निर्माण नहुनु तथा ढल निकासको बेला बेलामा सफाई गर्नमा संवन्धित निकाय चुकेको कारण काठमाडौंवासीले बेलाबेलामा यस्तो दुःख पाउने गरेको धेरैको दुःखेसो रहेको छ। प्रकाशन मिति–२०७७ साल जेठ २६ गते सोमवार ।