काठमाडौं। कोरोना महामारीको कारण घरैमा बन्दाबन्दी अवस्थामा रहेका नेपाली बालबालिकाहरुलाई अझ धेरै रचनात्मक वनाउने कार्य हुने भएको छ। अनुभव साटौं,भनौ कथा,सुनाऔं कोभिडको समस्या भन्ने मूल नाराका साथ यही जेठ ३१ गतेदेखि सुवानी प्यान्डेमिक कोभिड–१९ लाइफ चेञ्जर २०७८ सिजन कन्टेष्ट शुरु हुने भएको हो।

सुजिनाज इन्टरटेन्टमेन्टको आयोजना हुन गैरहेको यस कन्टेस्ट संचालनका लागि पाँच जना युवाहरु सुजिना श्रेष्ठ (कीर्तिपुर) सिभानी कार्की (पोखरा),श्रीजन वैद्य (काठमाडौं),राजिब श्रेष्ठ (भक्तपुर) रबिबुल अमात्य (ललितपुर) को व्यापक सक्रियता रहेका छन् । यिनै युवाहरुको सक्रियतामा बन्दाबन्दीमा रहेका विद्यार्थीहरुका लागि यो एक महिना भर्चुअल सेसनमा हुनेछ।

सामाजिक दुरी र स्वास्थ मापदण्डका साथ विद्यालयका बिधार्थीहरुले घरमा नै बसि यो कन्टेस्टमा सहभागी हुन सक्ने छन् । विभिन्न स्कुल र चाइल्ड होमहरुका बालबालिकासँग इन हाउस स्टोरीटेलिङ सेसन, अनुभब साटासाट, कोभिडको असर सम्बन्धीहरु भइराखे पनि यसरी जहाँसुकैबाट, इच्छुक बालबालिका र अभिभावक सहभागी हुन पाउने भर्चुअल सेसनमा ५ मिनेट सम्मको भिडियो बनाई फारम सँगै इमेल वा फेसबुक पेजमा मेसेन्जर मार्फत पठाउन सकिने छ।

पहिलो सिजनमा ४ बर्ष देखि १७ बर्षको बालबालिकाले सहभागी हुन सक्छन् । यस उनीहरुले अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन हुने जानकारी राजीव श्रेष्ठले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल जेठ २८ गते शुक्रवार ।