Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणका लागि आवश्यक काठ आइपुगेको छ। नेपाल लकडाउनको दोश्रो दिन हिजो बुधवार काठमाडौं आइपुगेको एक ट्रक काठलाई हनुमानढोकामा आज विहीवार विहान ६ बजेदेखि अनलोड गर्ने कार्य भैरहेको छ।
यस कार्यमा विहानै देखि काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक तथा बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्य आफै लागिरहेका छन्। धमाधम पूर्नरनिर्माण भैरेहेको काष्ठमण्डपका लागि थप आवश्यक ५ सय ८५ क्युफिट काठ ल्याइएको जानकारी सांसद शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।
लकडाउनको बेला पनि जीउज्यानको पनि पर्वाह नगरिकन सांसद शाक्य र ज्यामी–मजदूरहरु धनगढीवाट आएको काठलाई अनलोड गरेर काष्ठमण्डप पूर्ननिर्माणको अस्थायी पोष्ट अफिस परिसरमा राख्ने कार्य दिउंसो २ बजेसम्म पनि जारी थियो।
खाना नै नखाइकन सांसद शाक्य धनगढीवाट आएको काठ अनलोड गर्ने कार्यमा अत्यन्त सक्रियताकासाथ लागिपरिरहेका छन्। सांसद शाक्यको यो जनमुखी कार्यको सवैले खुलेर प्रशंशा गरेका छन्। प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।