लण्डन। हिमाल आरोहणमा विश्व कीर्तिमान राखेका पूर्व गोर्खा हिमाल आरोही निर्मल पूर्जाले अर्को नयाँ विश्व कीर्तिमान राखेका छन्। यो चिसो जाडो महिनामा एकदम खतरनाक मानिने पाकिस्तान र चीनको सीमामा अवस्थित ८ हजार ६११ मिटर अग्लो ‘के टु’ हिमालको सफल आरोहण गरेर निर्मल पूर्जाले नयां कीर्तिमान बनाएका हुन्।

स्थानीय समयानुसार सांझ ५ बजे उनीसहित १० जनाको टोली हिमालको चुचुरोमा पुग्न सफल भएको थियो। उनीहरुले आरोहण सफलता पश्चात नेपाली राष्ट्रिय गान समेत गाएका थिए।

निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका थिए।  म्याग्दीमा जन्मिएका निर्मल बेलायती महारानीबाट प्रतिष्ठित ‘एमबीई’ पदकले पनि सम्मानित भइसकेका छन् ।


प्रकाशन मिति–२०७७ साल माघ ४ गते आइतवार ।