काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन संपन्न भएको छ। सोमवार नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौ नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन काठमाडौंको छाउनी स्थित द लिफमा संपन्न भएको हो।

नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनवाट आगामी तीन बर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ। सर्वसम्मत निर्वाचित नयाँ पदाधिकारीहरुको पदस्थापना समारोह सोमवार नै सम्पन्न भएको छ। हेभी इक्विपमेन्ट व्यवसायीहरुको छाता संगठन नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संपन्न भएको हो। प्रमुख अतिथि श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरेर शुभारम्भ भएको पदास्थापन समारोहमा महेश कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ।

जसअनुसार, महेश कुंवर अध्यक्ष, उपाध्यक्षहरुमा दानवहादुर बोगटी (डीबी) र अरुण शर्मा रहेका छन्। त्यस्तै, सचिव तारा बहादुर कटुवाल ९अर्जुन०, सहसचिव नेत्र वहादुर अधिकारी, कोषाध्यक्ष खेमराज आचार्य, सहकोषाध्यक्ष शालिकराम श्रेष्ठ (सुरजं) छन्। सदस्यहरुमा खड्ग बहादुर कार्की, उजिस पोखरेल, अकुरराज गिरी, शालिकराम अधिकारी, संतोष श्रेष्ठ, श्यामकृष्ण खड्गी, रामहरि रिमाल र दीपेन्द्र श्रेष्ठ छन्। तारा वहादुर कुँवर, यादवलाल श्रेष्ठ र सुनिल थापालाई सल्लाहकारमा राखिएको छ।

सवै पदाधिकारीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले खादा तथा सम्मान पत्रव्दारा सम्मान सहित बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिने कार्य भएको थियो। यो भन्दा अगाडि संघमा उत्तमराज बिष्ट अध्यक्ष थिए । उनले कार्यसमितिको कार्यकाल पुरा गरी नेतृत्व हस्तान्तरण गरेका हुन्।