–इच्छारानी थापा
काठमाडौं । विवाह पछि बैधानिक यौन संवन्ध हुनु स्वभाविक हो । नियमित यौन संवन्धसंगै सन्तानको योजना हुनुपनि स्वभाविक हो । यो स्वभाविक योजनामा धेरैले सफलता पाउने गर्दछ भने, थोरैले पाउन सक्दैनन् ।

यसो हुनुमा उनीहरुको यौनजन्य क्रिया तथा प्रक्रियामा समस्याको कारण हुने गर्दछ । तथापि, सन्तानको योजना बनाउने भाग्यमानीहरुको कठिनाइ पनि धेरै हुने गर्दछ ।

पुरुषको तुलनामा महिलाको गर्भावस्थाको नौ महिना ज्यादै नै कठिन हुने गर्दछ । आफू मरेर नयाँ जिन्दगी दिने महिलाको लागि ठूलो चुनौति तथा कठिनाइको चरम अवस्था हो । यो नौ महिना महिलाको शरीरमा निम्न प्रकारको परिवर्तन तथा अवस्था हुने गर्दछ–

1.पहिलो महिना
गर्भवती भएको पहिलो महिना महिलाका लागि नयाँ र अनौठो अनुभव हुन्छ । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा कमजोर महसुस गर्न थाल्छन्।

2.दोस्रो महिना
दोस्रो महिनामा गर्भवती महिलालाई वाकवाकी लाग्ने, बान्ता हुने र थकान लाग्ने जस्ता समस्या देखा पर्छन् । शरीरमा हुने परिवर्तनका कारण यस्तो हुनु स्वभाविक हो । समयसँगै यो समस्या समाधान हुँदै जान्छ ।

3.तेस्रो महिना
गर्भावस्थाको तेस्रो महिनामा स्तनको आकार बढ्न थाल्छ । स्तनको वरिपरि गाढा हुन्छ। जसकारण महिलाहरु चिन्तित हुन सक्छन् । तर चिकित्सकका अनुसार प्रसूतिपछि यो समस्या स्वतः हटेर जान्छ ।

 

4.चौथो महिना
गर्भवतीको चौथो महिनामा हर्मोन उत्पादन हुने भएकाले महिलाको मुटुको धड्कन तीव्र हुन्छ । कहिलेकाहीं रगतको कमीले पनि यस्तो हुन सक्छ । यस्तो अवस्थामा रगत बढाउने फलफूल र चीज बढी सेवन गर्नुपर्छ ।

5.पाँचौं महिना
पाँचौं महिनामा गर्भमा बच्चाले हलचल गर्न थाल्छन् । यससँगै पेटको आकार पनि बढ्न थाल्छ । यो महिनादेखि महिलाले बढी आराम गर्नुपर्छ । यही कारणले गर्दा मृगौलाले अलि ढिलो काम गर्न थाल्छ, जसकारण पिसाब बढी आउँछ ।

6. & 7. छैठौं र सातौं महिना
गर्भावस्थाको छैठौं र सातौं महिनाका लक्षण सामान्य हुन्छन् । यस अवधिमा पेट दुख्ने, खानामा अरुचि हुने, अनिद्रा, ढाड दुख्ने र पेट छिटो बढ्ने जस्ता परिवर्तन हुन्छन् ।

8.आठौं महिना
आठौं महिनामा गर्भवती महिलालाई थकान बढ्छ । यतिबेला उनीहरुलाई प्रसूति हुन लागेको हो कि जस्तो पनि हुन्छ । असहज महसुस हुने, निद्रा नलाग्ने, थकान महसुस हुने, धेरै पिसाब लाग्ने जस्ता समस्या पनि यसबेला देखिन्छन् ।

9.नवौं महिना
नवौं महिना प्रसूतिको समय पनि हो । यसबेला पेटको आकार सम्पूर्ण रुपमा बढ्छ । स्तनबाट दूध चुहिन थाल्छ । यो परिवर्तन महिलाको शरीर अब स्तनपान गराउन तयार छ भन्ने हो ।

(नामी साप्ताहिकवाट साभार)