काठमाडौं। नेपाली बिश्व कीर्तिमानी एडभेन्चर स्टार एवम् अभिनेता गौतम खातीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। विलकुलै नयाँ जोश तथा उमंगका साथमा नेपाली विश्व कीर्तिमानी अभिनेता गौतम खाती अभिनित नयाँ गीत पिरतीको गीत भिडियो सार्वजनिक भएको हो।

Gautam Khati News 71695440464.jpg

गीतको भिडियोमा अभिनेता खातीलाई नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेत्री शिल्पा पोखरेलले साथ दिएकी छन्। दुईको अभिनय केमिष्ट्री अत्यन्त सुहाएको सवैको प्रतिक्रिया रहेको छ।

एडभेन्चर स्टार अभिनेता खातीको नेपाली चलचित्रका एक पछि अर्को ख्यातिप्राप्त नायिकाहरुसंगको अभिनयको कोशलताको यो पछिल्लो दस्तावेज हो। यसअघि, होनहार नायिका प्रियंका कार्कीसंग बेलगामको अभिनय अभिनेता खातीले गरेर सवैको वाहवाही पाएकै हो।

Gautam Khati News 41695440462.jpg

यिनै एडभेन्चर स्टार खाती अभिनित यस गीतमा गायिका अस्मिता अधिकारी र बिर कुमार दत्तको गायन रहेको छ। अभिनाष थापाको शब्द र भिम बि. सि. को संगीत छ।

प्रेममय रोमाञ्चक कथावस्तू रहेको यो गीतको भिडियो रसुवा जिल्ला र काभ्रेको धुलिखेलमा छायांकन गरिएको  हो। भिडियोको सुब्रतराज आर्चायले निर्देशन गरेको हुन्।