काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का लोकप्रिय तथा जनप्रिय वडा सरकार प्रमुख यानी वडा अध्यक्ष न्हुछेकाजी महर्जन वडावासीको अभिभावक नै बनेका छन् । वडावासीका सुख–दुःखका साथी बनेर हरेकको मनजित्न सफल वडा सरकार प्रमुख महर्जनको विशेषता नै हो।

त्यसमाथि, वडावासीको हरेक समस्या अनि दुःखलाई आफ्नो दुःख नै सम्झेर समाधान गरिदिने खुबी महर्जनमा रहेको कारण उनी वडावासीको मन मनमा बस्न सफल बनेका हुन्। वडामा कसैलाई आपत–विपत आइलाग्दा अभिभावकको रुपमा भूमिका निर्वाह गरेर सवैलाई सहयोग गर्ने र गराउने वातावरण मिलाउने कार्यमा अग्रता रहेको छ। वडा नंबर १८ आफैमा गौरब वोकेको वडा भएको कारण यो वडालाई अझ कला र संस्कृतिको अनुपम वडा वनाउने कार्यमा अहोरात्र खटिरहेको वडा सरकार प्रमुख महर्जनले बताएका छन्।

काठमाडौं महानगरपालिकाका बर्तमान मेयर बालेन शाहको जन्मस्थान समेत रहेको काठमाडौं महानगरपालिका वडा नंबर १८ नै हो । स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले मेयर पदमा जितेका बालेन शाहको बाल्यकाल काठमाडौं महानगरपालिका वडा नंबर १८ कार्यालय भएको नजिक नरदेवीमा नै वितेको थियो। यहीको जलजला स्कुलवाट शिशु कक्षा अध्ययन गरेका मेयर बालेन शाहसंग आफूहरुलाई काम गर्न खासै गाह्रो नभएको र सहयोगात्मक भावना नै रहेको वडा सरकार प्रमुख महर्जन भन्छन्। मेयर भएयता बालेन शाह आफ्नो बचपन वितेको १८ नंबर वडा कार्यालयमा तीन पल्ट आएको वडा सरकार प्रमुख महर्जनले बताएका छन्।

मेयर शाहले पनि आफ्नो बालापन वितेको वडालाई माया गर्ने गरेको महर्जन वताउंछन्। विसं.२०४०–०४१ सालतिर त्रिचन्द्र कलेजको कलेज लाइफवाट अनेरास्ववियुको गतिविधिवाट स्वतस्फूर्त कम्युनिष्ट राजनीतिमा आकर्षित बनेर यसतर्फ लागेको वताउने वडा सरकार प्रमुख न्हुछेकाजी महर्जन आफ्नो राजनीतिक गुरु कोही नभएको र आफ्नो राजनीतिको प्रेरणा आफै नै हो भन्न रुचाउने उनी विसं.२०४६ साल तथा विसं.२०६२–०६३ का ऐतिहासिक जनआन्दोलनका योद्धा अनि धरोहर नै हुन्।

पहिलो पल्ट २०५१–०५२ सालतिर नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं क्षेत्र नंबर १ वाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुंदा विद्या भण्डारीलाई जिताउन काठमाडौंको उत्तर पूर्वी क्षेत्रमा खटिएका थिए । काठमाडौंको उत्तर पूर्वी क्षेत्रका कमाण्डर पूर्व प्रदेश मन्त्री रामेश्वर फुयाँल नेतृत्वमा क्रियाशील सदस्य भएर गागलफेदी, आलापोट, भद्रवास, डाँछी, थली, गोकर्ण, सुन्दरीजल लगायतका स्थानमा बाटोघाटो निर्माण गर्न अनेक श्रमदान गरेर निष्ठाको राजनीति गर्दैआएका वडा सरकार प्रमुख  महर्जनले पहिलो पल्ट विसं.२०५४ सालमा काठमाडौं महानगरपालिका वडा नंबर १८ वाटै वडा सदस्यमा नेकपा एमालेवाट टिकट पाएपछि भारी मतले जितेका थिए ।

वडा सदस्य हुदै वडा सरकार प्रमुख यानी वडा अध्यक्षमा दुईपल्ट भारी मतले जितेर जनताको सेवामा अहोरात्र कार्यरत न्हुछेकाजी  महर्जनको राजनीतिक यात्राले गत्ति निरन्तरता पाइरहेको छ। तत्कालिन माले तथा यतिखेर गौरबशाली सूर्य ध्वंजावाहक पार्टी नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नंबर १८ को इञ्जार्चको रुपमा मात्र नभइकन जनताका लोकप्रिय एवम् जनप्रिय वडा अध्यक्षका रुपमा चिनिएका छन्।

काठमाडौं महानगरपालिका वडा नंबर १८ का लोकप्रिय वडा अध्यक्ष  महर्जन समक्ष जुनसुकै समस्या वोकेर जाने वडावासीले सही समाधान पाउने गरेको छ। सकभर कसैलाई निराश वनाउन नजानेका  महर्जनले सवै वडावासीको समस्यालाई समाधान गर्न कुनै कसर वाँकी राख्ने गरेका छ्रैनन्। जसको कारण वडामा अपोजिसन पार्टी नेपाली कांग्रेसका नेताहरुले पनि दिल खोलेर तारिफ गर्ने गरेको पाइएको छ। वडा अध्यक्षको कुर्सीमा बसेको पहिलो इनिङको पाँच बर्ष र यो दोश्रो इनिङको अठार महिना पूरा भैसकेको अवस्थामा आफूले पार्टीगत रुपमा कसैलाई नहेरको र सवैलाई सम्मानजनक ढंगले सेवा दिने गरेको दावी महर्जनको रहेको छ। यसकारण पनि अपोजिसन पार्टीका नेताहरुका पनि प्रिय वडा अध्यक्षका रुपमा  महर्जन रहेका छन्।