काठमाडौं। एकल महिला तथा पुरुषहरुको व्यक्तित्व समाजको स्थापना भएको छ। एकल महिला तथा पुरुषहरुको सामाजिक संस्थाको रुपमा एकल व्यक्तित्व समाज नेपाल स्थापना भएको हो।

कपिलप्रसाद लोहनीको अध्यक्षतामा तेह्र सदस्यीय कार्य समिति रहेको एकल व्यक्तित्व समाजको विहीवार आयोजित समारोह वीच बेग्लै ढंगवाट समुद्घाटन भएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा आयोजित समारोहमा सवै अतिथिहरुले संस्थाको सामूहिक रुपमा रिबन काटेर समुद्घाटन गर्ने कार्य भएको थियो। जसमा नेपालका हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ देखि संगीतज्ञ गणेश रसिक, प्राध्यापक दयाराम श्रेष्ठ संभव, साहित्यकार बाबा बस्नेत, कलाकार रचना सिंह लगायतले संस्थाको आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए। कार्यक्रममा संस्थाको मुखपत्र अभिवादनको विमोचन गर्ने कार्य पनि भएको थियो।

एकल व्यक्तित्व समाज नेपालमा अध्यक्ष कपिलप्रसाद लोहनी, उपाध्यक्षत्रेय तैयब शाह,पूनम माझी,भक्तदास श्रेष्ठ, महासचिव समिना खनाल तथा सदस्यहरुमा यादवराज खनाल, तारा ढुंगाना, गीनता बगाले, जय शिवलाल श्रेष्ठ, निना लोहनी शर्मा उप्रेती, प्रकाश कुइँकेल, सुशीला गौतम र सुमा अर्जेल छन्। त्यस्तै प्रमुख सल्लाहकार अच्युतबल्लभ पन्त रहेका छन्।