काठमाडौं। नेपाली साहित्य आकाशमा कवि अमर दिप सुनुवारको बेग्लै पहिचान र उचाई छ। जसको कविता साहित्यमा मार्मिकता तथा यथार्थता छ। मनछुने कविताका सर्जक स्रष्टा अमर दिप सुनुवारको एकल कविता वाचन कार्यक्रम संपन्न भएको छ। मिति २०८० फागुन १२ गते शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा स्रष्टा सुनुवारको एकल कविता वाचन समारोह भएको हो।

कवि सुनुवारले आफ्नी आमा यसोदा सुनुवारको उपस्थितिमा आमालाई नै साक्षी राखेर ‘आमा’ शीर्षकको कविता वाचनवाट एकल कविता वाचन शुरुगर्दा सवैको मन गर्बले चौडा भएको थियो। सवैले आमालाई नमन गरेका थिए । यसैगरी कवि सुनुवारले ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो गाउँ’, ‘सहिद गेटसितका प्रश्नहरू’, ‘मेरो लिखु’, ‘वाग्मती प्रेम’, ‘सगरमाथा चढिरहेको आरोही’, ‘राष्ट्रगान गाइरहेका बालबालिका’, ‘एक गैरआवासीय नेपालीको डायरी’, ‘बगरका ढुंगाहरू’ डेढ दर्जन शीर्षक कविता वाचन गरेका थिए । कवि सुनुवार ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) हुन् । उनले विद्यालय अध्ययनकालदेखि नै कविता सिर्जना गर्दै आएको र अब कृतिगत रूपमा अघि बढेको बताए ।

स्रष्टा र सिर्जनाबारे नेपाली चलचित्र निर्देशक, निर्माता तथा लेखक प्रकाश सायमीले फेरिहस्त समालोचना गरेका थिए। साथमा संगीतकार प्राज्ञ शान्तिराम राई र कवि विमला तुम्खेवालगायतले पनि कवि सुनुवारका वारेमा बोलेका थिए । समारोहमा ललितपुर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, वाग्मती प्रदेश सांसद उर्मिला सुनुवार, संविधानसभा सदस्य यज्ञराज सुनुवार, पूर्वएआईजी ठुले राईलगायतको उपस्थिति रहेको थियो ।