काठमाडौं। नेपाली चलचित्र उद्योगमा लामो समय देखि कार्यरत नायिका जोस्ना फुयाँलले हरेक बर्षको श्रीस्वस्थानीको दिन जन्म दिन मनाउने गरेकी छन्। यो बर्षको श्रीस्वस्थानीको दिनमा नायिका फुयाँलले विहीवार जन्म दिन मनाएकी हुन्।

हरेक बर्ष जस्तो यो बर्ष पनि समाज सेवा गरेर मनाउने दशकौदेखिको उनको चाहनालाई यो बर्ष पनि पूरा गर्ने कार्य नायिका फुयाँलवाट भएको छ। हरेक बर्ष कुनै न कुनै बालआश्रम तथा बृद्धाश्रममा गएर जन्मदिन मनाउदैआएकी नायिका फुयाँलले यो बर्षभने अलि फरक ढंगवाट मनाएकी छन्।

पूर्वी नेपालको सुनसरी जिल्ला धरान इटहरी निवासी राजनको आमालाई ज्यादै समस्या परेको धरानकै एक युट्युब मार्फत जानकारी प्राप्त भएपछि सोही युट्युबका युट्युबर संयोगले काठमाडौं आएको मौका पारेर उनीमार्फत नै पिडामा रहेकी राजनकी आमालाई नगद २० हजार सहयोग गर्ने कार्य भएको छ।

यसरी सहयोग गर्न पाउंदा आफू जन्मेको सार्थकता आफूले पाएको महशुश गर्ने गरेको पनि उनले भनेकी छन्।

प्रकाशन मिति–२०८० साल माघ ११ गते विहीवार (श्रीस्वस्थानी माता ब्रतकथाआरम्भ) ।