Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिएका छन्।
संक्रमित मध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना निको भएर घर फर्किएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्। आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्। प्रकाशन मिति–२०७७ साल जेठ २५ गते आइतवार ।