काठमाडौं। कोरोनाभाइरसको कहरका कारण जारी लकडाउनको ७६ औं दिनमा पुग्दा काठमाडौंमा लकडाउन खुकुलो भएको जस्तो महशुश भएको छ। सरकारले लकडाउन खुकुलो नपारेपनि काठमाडौंका जनताहरुले वाक्क दिक्क भएर स्वतःस्फूर्त रुपमा लकडाउनलाई खुकुलो बनाउने प्रयास भएको हो।

अघिल्ला दिनहरुमा भन्दा धेरैजसो पसल–व्यवसाय खुल्ला भएको छ। सडकमा सार्वजनिक भन्दा नीजि र सरकारी सवारीहरुको बांक्लो चाप पाइएको छ। हिजोअस्तिका तुलनामा सडकमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीहरुले पनि त्यस्तो कुनै सोधपुछ गरेर हैरान गर्ने कार्य भएको देखिएन।

यस हिसावले आज जेठ २५ गते आइतवारवाट कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन काठमाडौंमा खुकुलो हुँदै गएको हो कि भन्ने आभांस मिलेको हो। रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि सर्वसाधारण आफैले यस्तो कदम उठाउन वांध्य भैसकेका हुन।

सरकार लकडाउन लम्ब्याउन मात्र व्यस्त भैरहेको छ। नेपाली जनताको लागि आवश्यक कुनै पूर्वाधार तयार पार्न नसकेको तथा सवैलाई राहत पुग्ने कार्य गर्न सरकार चुकेको अवस्थामा लकडाउन खुकुलो वनाउन आफूहरु अग्रसर हुन वांध्य भएको स्थानीय रिता पाठक देखि शारदा शर्मासम्मको भनाइ रहेको छ।

काठमाडौंका भित्री शहरका सडक देखि वाह्य चक्रपथ वरपर अनि मूलसडकहरुमा लकडाउनको सामान्य असर मात्र परेको छ।
अघिल्ला दिनहरुको तुलनामा धेरै मानिस घरबाहिर निस्केका छन्। धेरै कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेका छन्।

दुई महिना भन्दा बढी समय लकडाउन गर्दासमेत सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउँदा समस्यामा परेको भन्दै निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने बताउँदै आएको छ। तर, अहिलेसम्म सरकारले लकडाउन खुकुलो पार्ने निर्णय भने गरेको छैन्।


प्रकाशन मिति–२०७७ साल जेठ २५ गते आइतवार ।