काठमाडौं। विगत तीन दशकदेखि निरन्तर नेपाली सांगीतिक आकाशमा म्युजिक भिडियोका बादशाह नै मानिएका चर्चित गायक सीताराम पोखरेलको बडा दशैंको पहिलो दिनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। पहाडको थुम्को बोलको अत्यन्त कर्णप्रिय गीतको भिडियो गायक पोखरेलको बडा दशैंको पहिलो दिन घटस्थापनाको दिन रिलिज भएको हो।

हिमालपारिको जिल्ला मुस्ताङमो अत्यन्त रमणिय दृश्यहरुमा छायाँकन भएको गायक पोखरेलको २७ औं म्युजिक भिडियो पहाडको थुम्कोमा रुपक बनवासीको शव्द रचना तथा राज सागरको संगीत रहेको छ।

चर्चित निर्देशक समन अधिकारीको निर्देशन रहेको पहाडको थुम्कोमा गायक पोखरेललाई अभिनयमा चर्चित नायिका तथा मोडल अनु शाहले साथ दिएकी छन्।

प्रकाशन मिति–२०७९ साल असोज १० गते सोमवार ।