काठमाडौं। नेपाली हास्य कलाकारिताको इतिहासमा “का–बेमान” थेगोवाट सुपरहिट वनेका ख्यातिप्राप्त अभिनेता रवि डंगोलको बेजोड हांस्य टेलिश्रृंखलाको नाम नै “का–बेमान” राखिएको छ।

नेपाल टेलिभिजनको काँचको पर्दामा भाद्र १७ गते विहीवारवाट अव प्रत्येक हप्ताको विहीवार बेलुका ८ः४० बजे प्रसारण हुने भएको छ। रवि डंगोलकै लेखन तथा निर्देशन रहेको “का–बेमान”मा हांस्य टेलिश्रृंखलामा लिडिङ रोल का–बेमान चरित्रमा रवि डंगोलले नै समसमायिक विषयमा चोटिला प्रस्तुतिहरु पस्कने भएको छ।

जसमा “का–बेमान”को हिट जोडी विजुली मञ्जु श्रेष्ठको समेत विशेष भूमिका छन्। साथमा पूर्ण थापा, ,मुकुन्द मैनाली, कृष्णभक्त महर्जन, सबिन शाक्य, युगज्योति क्रियाशिल,रेश्मा तिमिल्सिना, सबिता खड्का, समिक्षा पौडेल,अन्नपुर्णेश्वरी श्रेष्ठ , स्वानिका बास्तोला लगायतका कलाकारहरुको अभिनयले “का–बेमान”लाई “महाबेमान” बनाएर एक से एक हांसोको फोहराका साथमा रमाइला प्रस्तुतिहरु पस्किने पक्का भएको लेखक तथा निर्देशक रवि डंगोलको बयान रहेको छ।

चोटिला अग्रज हांस्य स्रष्टा शैलेन्द्र सिंखडाको गीत, टंक बुढाथोकीको स्वर तथा संगीत रहेको गीतले पनि “का–बेमान”लाई उचाईमा लग्ने निश्चित छ। पार्श्व संगीत किरण तुलाधर र बालकृष्ण वंशीले दिएका छन् । ब्यवस्थापन बसन्त तामाङ, सम्पादन विवेक रिजालको रहेको छ। छायाँकन दीलिप विष्टले गरेका छन्।
प्रकाशन मिति–२०७८ साल भाद्र १२ गते शनिवार ।