काठमाडौं । नेपाली मोडलिङ तथा चलचित्रमा फरक सोच र शैलीवाट अग्रता दिदैआएकी नायिका तथा मोडल मिना लामाको कलाकारिताले क्रमिक रुपमा उचाई पाउंदै गएको छ। बाउको सपना र आमाको मेहनतले कलाकार तथा मोडल बनेकी मिना लामाको चाहना र सपनाले कलाकारितामा उचाई पाउंदै गएको हो।

एक पछि अर्को म्युजिक भिडियो तथा साना–ठूला चलचित्रमा काम गर्ने मौका पाउंदैगएको नायिका तथा मोडल लामाले आज साउन १ गतेको दिनमा आफ्नो जन्मदिनको अवसरमा वताएकी छन्। साउन १ गते जन्मेकी मिना लामाको सपना मातृभूभि नेपालमा नै बसेर ह्याप्पी बर्थ–डे मनाउने सोच थियो। तर, यो बर्ष त्यो मौका जुरेन । केही महिना अघि मात्र कामको सिलसिलामा जर्मन पुगेकी उनले त्यहीवाट नेपालमा रहेका आफ्ना इष्टमित्र सवैलाई “मिस्ड गरिरहेकी छु ” भनेकी छन्। चाँडै नै नेपाल फर्केर एक पछि अर्को म्युजिक भिडियो र चलचित्र खेल्ने वताएकी मिना लामाको पछिल्लो म्युजिक भिडियोअजय स्याङतान निर्देशित तिम्रो साथ मेरो हात हो। जसमा उनीसंग सागर घिसिङसंगको युगल अभिनय छ। जसवाट उनको अभिनयको व्यापक चर्चा पाएको थियो।

बुलन्द अभिनय तथा बेजोड नृत्य गर्नमा माहिर कलाकार मिना लामाको विशेषता नै हो । यस विशेषता वोकेकी मिना लामाले यसअघि विभिन्न डान्स कार्यक्रमहरुमा पनि कुशलता प्रदर्शन गरिसकेकी छन्। त्यसको अलावा दशैं–तिहार संवन्धी यथार्थपरक एक गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन्। यसवीचमा विभिन्न म्युजिक भिडियो तथा फिल्मवाट पनि मिना लामालाई अफर आइरहेको छ। समय मिलाएर काम गर्दैजाने उनले वताएकी छन्।